गोदावरी नगरपालिकामा एमाले विजयी

असार १९, २०७४ | कैलाली

कैलालीको गोदावरी नगरपालिकको दुवै पदमा एमाले विजयी भएको छ । प्रमुखमा एमालेका हरिसिंह साउद विजयी भएका हुन् । उनले ९ हजार ८ सय ७० मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कंग्रेसका विरेन्द्र भट्टले ८ हजार ४ सय ५७ मत प्राप्त गरे ।

यस्तै, उपप्रमुखमा एमालेकै रत्ना कठायत १० हजार २५ मतका साथ विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी भगवती पाठकले ८ हजार ९ सय ७२ मत ल्याईन् ।

 


प्रतिक्रिया