नेपालगञ्जका सबै अस्पतालको सेवा आज बन्द

श्रावण ३, २०७४ | नेपालगञ्ज

नेपालगञ्जका सबै अस्पतालले आज एक दिनका लागि सेवा बन्द गरेका छन् ।

भेरी अञ्चल अस्पतालमा कार्यरत चिकित्सक श्यामसुन्दर यादवको निजी अस्पतालमा तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै चिकित्सकहरुले नेपालगञ्जका सबै सरकारी र निजी अस्पताल बन्द गराएका हुन् ।

गत असार २८ गते सर्वसुलभ सेवा प्रदान नगरेको भन्दै सर्वसाधारणले यादवद्वारा सञ्चालित अस्पतालमा तोडफोड गरेका थिए ।

इमर्जेन्सी बाहेक सबै सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् ।  


प्रतिक्रिया