राजपालाई निर्वाचनमा सहभागी गराउन सरकार गम्भीर देखिएन : राप्रपा अध्यक्ष थापा

श्रावण १९, २०७४ | हेटौंडा

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन सरकार गम्भिर नदेखिएको आरोप लगाउनुभएको छ । दुई नम्बर प्रदेशको भ्रमणपछि आज गृह नगर हेटौंडामा पुगेका अध्यक्ष थापाले तराईमा चुनावको चहलपहल उत्साहजनक भएपनि राजपालाई चुनाबमा सहभागी गराउने बिषयमा सरकार र सत्तारुढ दल सकारात्मक नभएको टिप्पणी गर्नुभएको हो ।

समस्या समाधान गर्ने भन्दा अल्झाईरहने सरकारको नियत सही नभएको उहाँको भनाई थियो । अध्यक्ष थापाले राजपा निर्वाचनमा सहभागी नभए त्यस्को गलत सन्देश जाने भन्दै यो बिषयमा सरकारले सकारात्मक पहल गर्नुको विकल्प नभएको बताउनुभयो । राष्ट्रिय राजनितीमा चौथो शक्तिको रुपमा रहेको राप्रपामा सत्ता लिप्सा नभएको बताउँदै थापाले भन्नुभयो, वर्तमान सरकारमा पनि उपप्रधानमन्त्रीसहित ४ मन्त्री दिने प्रस्ताब आएपनि सरकारको नियत ठिक नभएकाले सहभागी भएनौँ  । 


प्रतिक्रिया