‘एक्सरे प्रोसेसर’ यन्त्रमा खराबीले साता देखि सेवा बन्द

कार्तिक १४, २०७४ | विराटनगर

-  मोरङको विराटनगरस्थित कोसी अञ्चल अस्पतालको एक्सरे रिपोर्ट निकाल्ने प्रोफेसर मेसिन करीब दुई सातादेखि बिग्रदा सेवा प्रभावित भएको छ । अस्पतालमा दुई वटा एक्सरे मेसिन भएपनि रिपोर्ट निकाल्न प्रयोग हुने उच्च प्रविधिको प्रोफेसर मेसिन कार्तिक तीन गते देखि बिग्रिएको हो । सरकारले अढाई दशक अघि उपलब्ध गराएको एक्सरे मेसिन लगभग काम नगर्ने स्थितिमा पुगेको अस्पतालले जनाएको छ ।

एक्सरे गर्न सकिएपनि रिपोर्ट निकाल्ने मेसिन बिग्रिएकाले काम गर्न समस्या भएको अस्पतालका वरिष्ठ एक्सरे प्राविधिक तिलक खड्काले बताउनुभयो । नयाँ मेसिन विदेशबाट ल्याउनुपर्ने भएकाले केही समय लाग्न सक्ने अस्पतालको मेडिकल स्टोरका कर्मचारी काशी पराजुलीले बताउनुभयो ।

टेण्डर मार्फत ४ लाख १५ हजार रुपैयाँमा सो मेसिन ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो । अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा. रोशन पोखरेलले थप एक एक्सरे र प्रोफेसर मेसिन उपलब्ध गराउन सरकारलाई आग्रह गरेपनि सुनुवाई नभएको बताउनुभयो । 


प्रतिक्रिया