कान्ति लोकपथको प्रस्थानविन्दु वुद्धचोकवाट कालोपत्रे सुरु

कार्तिक ३०, २०७४ | हेटौडा

 

 

राजधानीलाई तराईसँग जोड्ने कान्तिलोकपथ अन्तर्गत हेटौडाको वुद्धचोकवाट कालोपत्रे गर्ने कार्य सुरु भएको छ । ६ दशक अघिदेखि निर्माण कार्य सुरु गरिएको सो लोकमार्ग स्तरोन्नती सहित कालोपत्रे गर्नका लागि १३ वटा निर्माण कम्पनीले ठेक्का लिएका छन् ।

यस अघि मोतीदान निर्माण कम्पनीले चुच्चे खोलादेखि मकवानपुरगढी सम्म चर किलोमिटर कालोपत्रे गरिसकेको छ । बानिँया निर्माण कम्पनीले हेटौडाको वुद्धचोकवाट चुच्चे खोलासम्म अर्थात ७ किलोमिटर मंसिर मसान्तसम्म कालोपत्रे गरिसक्ने लक्ष्य लिएको छ । आगामी असारसम्ममा कान्तिलोकपथ कम्तीमा ५० किलोमिटर सडक कालापत्रे गरिसक्ने दावी आयोजनाका प्रमख देवेन्द्र साहले गरेका छन् । 

९० किलोमिटर लम्वाई रहेको सो लोकपथको ६६ किलोमिटर दुई लेनको निर्माण गरिसकेको छ भने २४ किलोमिटर सडक विस्तार गर्न बाँकी रहेको छ । मकवानपुरतर्फ करिब ८ किलोमिटर सडक फराकिलो बनाउन बाँकी छ भने ललितपरतर्फ १६ किलोमिटर वाँकी छ । यो लोकपथको हेटौँडास्थित वुद्धचोक प्रस्थानविन्दु हो भने ललितपुरको सातदोवाटो अन्तिमविन्दु हो ।

यो लोकमार्ग मकवानपुरतर्फ ५१ किलोमिटर पर्छ भने ललिपुरतर्फ ३९ किलोमिटर रहेको छ । १५ मिटर फराकिलो रहेको सो सडकको ७ मिटरमा कालोपत्रे गरिएको छ । सरकारले कान्ति लोकपथको निर्माण सूरु गरेदेखि चालु आर्थिक वर्षमा सवै भन्दावढी रकम ६० करोड रुपैयाँ विनियोजित गरेको थियो । सडक स्तरीकरण भएपछि कान्ति लोकपथमा ३० किलोमिटर प्रतिघण्टाको गतिमा सवारी साधन गुड्न सक्ने दावी गरिएको छ । २०१३ सालमानिर्माण कार्य सुरु गरेको कान्तिलोकपथ २०१६ सालको हिउँदमा संचालनमाआएको थियो । 


प्रतिक्रिया