लगनखेल नजिकै बम विस्फोट

मंसिर १२, २०७४ | ललितपुर

-  ललितपुरको लगनखेल नजिकै आज दिउँसो करिब ३ बजे बम विस्फोट भएको छ । वाम गठबन्धन जिल्ला निर्वाचन परिचालन समितिले आयोजना गरेको चुनावी सभालाई लक्षित गरी बम विस्फोट गराइएको हो । विस्फोटबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

विस्फोटबाट लगनखेलस्थित नमुना मछिन्द्र आवासीय माध्यमिक विद्यालयको ७ वटा झ्यालको सिसा फुटेको छ । विस्फोटको आवाजले सर्वसाधारण आतंकित बनेका थिए ।  

लखनखेल बसपार्क नजिक आयोजना गरिएको सभाको प्रमुख वक्ता एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने क्रममा बम विस्फोट भएको प्रहरीले जनाएको छ । सभा केहीबेर रोकेर सञ्चालन गरिएको छ ।  

 


प्रतिक्रिया