प्रधानमन्त्री पत्नी आरजुलाई हराउँदै कैलाली ५ मा नारदमुनी राना विजयी

मंसिर २४, २०७४ | धनगढी

-  कैलाली क्षेत्र नं ५ वाट उम्मेदवार रहेकी प्रधानमन्त्री पत्नी आरजु राणा भारी मत अन्तरले वामगठवन्धनका एमाले नेता नारदमुनी रानासंग पराजित हुनु भएको छ । वामगठवन्धनका रानाले २७ हजार २ सय २ मत प्राप्त गर्नु भएको छ भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत प्राप्त गर्नु भएको छ ।

प्रधानमन्त्री पत्नी आरजु राणा ४८ सय ८० मत अन्तरले पराजित हुनु भएको छ । कैलाली क्षेत्र नं ५ मा ६१ हजार मत खसेका थिए । निर्वाचन कार्यालयले पुरै बिवरण आउन अझै केही समय लाग्ने जानकारी दिएको छ ।

स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा रहेको प्रदेशको एकमात्र उपमहानगरपालिकामा नेपाली कांग्रेसले जितेको थियो । 


प्रतिक्रिया