पुरातात्विक महत्वको मूर्ती चोरी

पुस १९, २०७४ | ललितपुर

 -  ललितपुरको ठेचोस्थित मन्दिरबाट ब्रम्हायणी देवीको ऐतिहासिक मूर्ती चोरी भएको छ । मन्दिरको तेस्रो तलामा राखिएको सो मूर्ती गएराती चोरी भएको हो । गोदाबरी नगरपालिका वडा नम्बर १२ ठेचोको तल्लो लाठी टोलस्थित भूकम्पले क्षतिग्रस्त सो मन्दिर पुनर्निर्माणको क्रममा रहेकाले पुरातात्विक एवं ऐतिहासिक महत्वको सो मूर्तीलाई मन्दिर नजिकैको सतलमा राखिएको थियो ।

मूर्ती चोरीमा संलग्नको खोजीकार्य भईरहेको प्रहरीलाई उदृत गर्दै गोदाबरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानकारी दिनुभयो । 

अनुसन्धानका लागि सो टोलमा राखिएका सीसी क्यामेरा र सतलमा राखिएको फिंगर प्रिन्ट मेसिनमार्फत प्रमाण संकलनकार्य भईरहेको उहाँको भनाई छ । मूर्ती चोरी सम्बन्धमा अनुसन्धानका लागि ललितपुर महानगरपालिकासँग समेत समन्वय गरिने मेयर महर्जनले बताउनुभयो । 

 


प्रतिक्रिया