काठमाण्डौंमा ग्रामीण विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
पुस २५, २०७४ | काठमाडौं
– काठमाण्डौंमा आगामि चैत ९ गते देखि ग्रामीण विकास सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । राजधानीमा आज पत्रकार सम्मेलन मार्फत त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभागको आयोजनामा हुने सम्मेलनमा नेपालसहित १० देशको सहभागिता रहने विभागका प्रमुख तथा प्राध्यापक पुष्पकमल सुवेदीले जानकारी दिनुभयो ।
सम्मेलनमा संघीयतामा गएपछि विभिन्न देशमा भएका ग्रामीण विकासको अभ्यास र अवस्थाका बारेमा छलफल हुने उहाँले बताउनुभयो । साथै नेपालबाट कृषि, पर्यटन, जलवायु परिवर्तन, सुशासन, दीगो विकासलगायत ग्रामीण विकासका विविध आयाममा अन्र्तक्रिया हुने विभागले जनाएको छ ।
सो सम्मेलनबाट निष्कने निस्कर्षले सरकारको भावी योजना निर्माणका लागि पनि सहयोग पुर्याउने उहाँको भनाई छ । चैत ११ गते सम्म चल्ने सम्मेलनमा भारत, बंगलादेश, पाकिस्तान श्रीलंका, क्यानडा, अमेरिका लगायतका मुलुकको सहभागिता रहनेछ ।







