प्रदेश ३ : राष्ट्रियसभाका लागि मतदान सम्पन्न

माघ २४, २०७४ | ललितपुर

प्रदेश – ३ को राष्ट्रिय सभाका लागि मतदान सकिएको छ । दिउासो तीन बजेसम्म मतदानको समय तोकिएको भएपनि सबै ३४८ मतदाताले दिउासो २ बजेसम्ममै मत खसाएका थिए । प्रदेश ३ मा राष्ट्रिय सभाको ८ जना सदस्यका लागि १४ जना उम्मेदवर छन् । मतदाता भने प्रदेशसभाका ११० सांसद र स्थानीय तहको २३८ जना प्रतिनिधि थिए ।

प्रमुख निर्वाचन आयुक्त बालमुकुन्द दवाडीले सर्वदलीय बैठक राखेर त्यसको निर्णय अनुसार मतगणना सुरु गर्ने बताउनुभयो । 


प्रतिक्रिया