केबलकारका लागि १० रुपैयाँ नागरिक अभियान

माघ २८, २०७४ | डोटी

पर्यटन प्रबर्धन गर्ने उदेश्यले खप्तडमा केबलकार संञ्चालन गर्ने संकल्प सहित डोटीमा १० रुपैयाँ नागरिक अभियान सुरु गरिएको छ । दिपायल सिलगढी नगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष तथा डोटी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष बिरेन्द्र शाहले योजना प्रस्तुत गर्दै आइतबार अभियानको सुरुवात गरेका छन् । डोटीमा आइतबारबाट सुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन शत्रमा उनले अभियान सुरु गरेको घोषणा गरेका हुन् । 

उनले १० रुपैयाँ अभियानलाई प्रत्येक गाउँ घर, शहर बजारमा लगेर सफल पार्ने दृढता ब्यक्त गरे । प्रदेशका सबै जिल्लाबासीसंग अभियानमा साथ मागेर केबलकारलाई साझा सम्पत्ति बनाउने योजना शाहको छ । नागरिकबाट सुरु अभियान नागरिकबाटै स्थापित हुने उनको भनाई छ । उनको अभियानको सबैले जिल्लामा प्रशंसा गरेका छन् । अभियानलाई सुरुवात आफुले गरेपनि सबैको साझा अभियानका रुपमा लैजाने योजना रहेको उनले बताए । 


प्रतिक्रिया