दुई दिनदेखि जिल्ला अस्पताल ठप्प

फाल्गुन ९, २०७४ | डोटी

चिकित्सकमाथि भएको कुटपिटमा संलग्नलाई कार्वाहीको माग गर्दै स्वास्थ्यकर्मीले डोटी अस्पतालको सेवा दुई दिनदेखि ठप्प पारेका छन् । आकस्मीक बाहेक सबै सेवा ठप्प पार्दा उपचारका लागि पुगेका बिरामीहरु मर्कामा परेका छन् ।

काम गर्ने वातावरण नरहेको भन्दै अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन्ट सहित चिकित्सकले जिल्ला समेत छोडेका छन् । उपचारका लागि अस्पताल पुगेकी स्थानीय महिलासंग भएको सामान्य विवादको बिषयलाई लिएर जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टर जितेन्द्र सिंहमाथि स्थानीय युवाले कुटपीट गरेका थिए ।

जिल्ला अस्पतालमा काजमा पुगेका डाक्टर सिंहको टाउकोमा चोट लागेको छ । कुटपीटमा संलग्न रहेकालाई कार्वाही नभएसम्म आन्दोलन फिर्ता नलिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

 


प्रतिक्रिया