माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु

फाल्गुन १९, २०७४ | बझाङ

बझाङमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । चार जना घाईते भएका छन् । खप्तड छान्ना गाउँपालिकाको ठानाकोटमा आज विहान घर पोत्ने माटो निकाल्न जाँदा पुरिएर स्थानीय ३० बर्षिया रतना देवी पाध्या र २८ बर्षिया सरीतादेवी जोशीको मृत्यु भएको हो । घाईतेमध्ये स्थानीय सरस्वती पाध्या र किणी पाध्याको अवस्था गम्भिर रहेको प्रहरीलाई उदृढ गर्दै हाम्रा सहकर्मिले जनाएका छन् ।

घाईते सबैलाई थप उपचारका लागि जिल्ला अस्पताल लैजाने तयारी भईरहेको छ । घाईतेको कालुखेती प्रहरी चौकीबाट गएको प्रहरी टोली र स्थानियले उद्धार गरेको डिएसपी क्रृषिराम कँडेलले बताउनुभयो ।यसैबीच कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलरा बजार नजिक सडकको नालामा खसेर एक जनाको मृत्यु भएको छ । स्थानीय अन्दाजी ६० वर्षिया जगनीदेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो स्थानमा अहिले सडक विस्तारको काम भईरहेको छ ।  

 


प्रतिक्रिया