आँखामा खुर्सानीको धुलो हालेर भाग्ने प्रयास गर्दा कैदी पक्राउ

चैत्र २, २०७४ | नेपालगञ्ज

–उपचारार्थ भेरी अञ्चल अस्पतालमा पुर्‍याइएका एकजना बलात्कारी प्रहरीको आँखामा खुर्सानीको धुलो हालेर भाग्ने प्रयास गर्दा गर्दै पक्राउ परेका छन् । नेपालगञ्ज कारागारबाट  उपचारार्थ  भेरी अञ्चल अस्पताल पुर्‍याइएका बलात्कारी बसिर साहीले प्रहरीको आँखामा खुर्सानीको धुलो हालेर भाग्ने प्रयास गरेका हुन् । को आँखामा खुर्सानीको धुलो हालेर भाग्ने प्रयास गर्दा गर्दै पक्राउ परेका छन् । नेपालगञ्ज कारागारबाट  उपचारार्थ  भेरी अञ्चल अस्पताल पुर्‍याइएका बलात्कारी बसिर साहीले प्रहरीको आँखामा खुर्सानीको धुलो हालेर भाग्ने प्रयास गरेका हुन् ।

अदालतले बलात्कारी ठहर गर्दै १० बर्ष जेल सजायको फैसला सुनाएपछि बसीर १४ महिना देखि नेपालगञ्ज कारागार शाखामा थुनामा थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकप्रसाद तामाङ अस्पतालको ट्वाइलेटबाट निस्कदाँ  खुुर्सानीको धुलो हालेर भाग्न खोजेको जानकारी दिनु भयो । अस्पताल जानु अघि बसिरले योजनाबद्ध ढंगले कागरागारको भन्साबाटै खुर्सानीको धुलो लगेको बताएका छन् ।     

 


प्रतिक्रिया