भारतीय पक्षले सहमति पालना नगर्दा सीमा विवाद : नापी विभाग

चैत्र २२, २०७४ | धनगढी

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको पूर्वसन्ध्यामा नापी विभागका अधिकारीले भारतीय पक्षले सहमति पालना नगर्दा समय समयमा सीमा विवाद उत्पन्न हुने गरेको दाबी गरेका छन् । भ्रमणका क्रममा सो विषय समेत उठाउन प्रधानमन्त्रीलाई उनीहरुको सुझाव थियो । धनगढीमा आज आयोजित सीमा सम्बन्धी एकदिने छलफल कार्यक्रममा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले सीमा क्षेत्रमा समय समयमा विवाद देखा पर्ने भएकाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सो विषय उठान गर्नुपर्ने बताउनुभयो । 

दुवै देशका नागरिकले उपभोग गर्दै आएको जग्गाको भोगचलनमाथि सीमा निर्धारण नहुंदासम्म समस्या आइरहने उहाको भनाई थियो । भट्टले भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीको संयुक्त वक्तब्यमा सीमा निर्धारण सम्बन्धी विषय उल्लेख गरे समस्या समाधान गर्न सहज हुने बताउनुयभो । नेपाली पक्षले उपभोग गर्दै आएको भारतीय पक्षको जग्गा भन्दा भारतीय पक्षले १० गुणा बढी नेपाली पक्षको जमिन उपभोग गरिरहेको पाइएको कार्यक्रममा सहभागी सीमा सर्वेक्षण अधिकारीले बताएका छन् ।

तर दुबै देशका नागरिकको कति जग्गा कसले उपभोग गरिरहेको छ भन्ने यकिन तथ्यांक अहिलेसम्म निक्र्यौल हुन सकेको छैन ।  

 


प्रतिक्रिया