कालोमोसो दल्ने ६ जना पक्राउ

चैत्र २७, २०७४ | कैलाली

- ४ दिन अघि कैलालीको कैलारी गाउंपालिका १ दक्षिण मन्झरामा स्थानीय महिलालाई बलात्कार गर्न खोज्ने कृष्ण चौधरी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटना सार्वजनिक भएलगत्तै सक्रिय भएको प्रहरीले जर्वजस्ती करणी गर्न खोज्ने कृष्ण चौधरी र कानुन हातमा लिएर कालोमसो दल्ने अन्य ६ जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा बलात्कार प्रयास गर्ने कृष्ण चौधरी, कालोमोसो दल्ने स्थानीय भलमन्सा बुद्धिराम चौधरी, दुखिराम चौधरी, मसराम चौधरी, खोजराम चौधरी र छेदुराम चौधरी छन् । पक्राउ परेका कृष्ण चौधरीलाई जर्वजस्ती करणी अन्तरगत मुद्दा चलाइने र अन्यलाइ सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाइने प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढा मगरले जानकारी दिनुभयो ।

गत चैत २३ गते राति चौधरीले स्थानीय एक महिलामाथि दुव्र्यवहार गरेका थिए । महिला कराएपछि स्थानीयले कृष्णलाई पक्राउ गरि चैत्र २४ गते बुद्धिराम चौधरी लगायतको उपस्थितिमा कालोमोसो र जुत्ताको माला लगाउदै दुई लाख जरिवाना गराउने कागजात गराएका थिए । 

 


प्रतिक्रिया