कैलाली भ्रमण वर्ष सुरु

वैशाख २२, २०७५ | टीकापु

कैलाली भ्रमण वर्ष २०७५ आजबाट सुरु भएको छ । प्रदेश ७ को प्रवेशद्धार कर्णाली चिसापानीमा भ्रमण वर्षको विधिवत उद्घाटन गरिएको छ । भ्रमण वर्षको उदघाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम रहेपनि उहाँको कार्य व्यस्तताका कारण रक्षा मन्त्री इश्वर पोखरेल भ्रमण वर्ष उदघाटनमा पुग्नु भएको थियो ।

कैलालीको पर्यटनमा सघाउ पुर्‍याउने लक्षका साथ कैलाली जिल्ला समन्वय समिति र स्थानीय तहहरुको पहलमा भ्रमण वर्ष सुरु गरिएको हो । पर्यटकीय क्षेत्रको संरुक्षण संवद्र्धन र प्रचार प्रसार : कैलाली जिल्ला विकासको मुल आधार भन्ने भ्रमण वर्षको नारा राखिएको छ ।

भ्रमण वर्षको उद्घाटनका क्रममा आएका प्रतिनिधि सभा, राष्ट्रियसभा र प्रदेश सभाका सयौं सांसद लगायतका विशिष्ट व्यक्तिको टोलीलाई कैलालीको टीकापुर पार्क, घोडाघोडी ताल डल्फीन क्षेत्र बसन्ता जैविक मार्ग, बरतगोरिया बेहडाबाबा भादा होमस्टे लगायतका पर्यटकीय क्षेत्रको अवलोकन गराइने कार्यक्रम छ ।

भ्रमण वर्ष उद्घाटनका क्रममा सेती लोकमार्ग, टीकापुर विमान्स्थल स्तरोन्नति लगायतका विभिन्न १० बुँदे माग अघि सारिएको छ ।


प्रतिक्रिया