मन्थलीका दर्जनौं घर डुबानमा

वैशाख ३१, २०७५ | रामेछाप

 

भारी बर्षासँगै आएको बाढीले रामेछाप सदरमुकाम मन्थलीमा दर्जनौ घर डुबाएको छ । सदरमुकामको बजार क्षेत्र, बसपार्क, ट्राफिक चौक, खाँदबारी, आकाशे र गडुवारी क्षेत्रमा सयौं घरमा बाढी पसेको छ ।

बाढीले केही सडकमा समेत क्षती पुर्याएको हाम्रा सहकर्मीले जनाएका छन् । बाढीसँगै आएको गेगरले बस्ती पुरिन थालेपछि सुरक्षाकर्मी र स्थानीयबासी उद्धारमा जुटेका छन् । 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाका अनुसार सयौं उद्धारकर्मीहरु रातिबाट नै परिचालित छन् । बाढीका कारण विभिन्न स्थानमा खानेपानीका लाइन विच्छेद भएको छ भने टेलिफोन सेवा पनि अवरुद्ध भएको छ । 


प्रतिक्रिया