डडेलधुरामा जिप दुर्घटना ४ को मृत्यु , ७ घाइते

जेष्ठ १५, २०७५ | डडेल्धुरा

डडेल्धुराको गन्याधुरा गाउँपालिका २ गज्रेउलामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दिपायलबाट नेपालगञ्ज जाँदै गरेको से १ ज ३३० नम्बरको जिप दुर्घटनामा ७ घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा डोटीको आदर्श गाउँपालिका २ का अध्यक्ष प्रेम बोहरा, सोही वडाका लालबहादुर बोहरा, गाडी मालिक विनोद रावलको घटना स्थलमै तथा स्थानीय जानकी बोहराको उपचारका क्रममा अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरी सहायक निरीक्षक डम्बर बहादुर चन्दले बताउनुभयो । जिप सडकबाट करिब २ सय ५० मिटर तल खसेको थियो । 

 


प्रतिक्रिया