कांग्रेसलाई ठूलो पार्टी बनाएर मात्रै विश्राम लिन्छु : देउवा

जेष्ठ २६, २०७५ | डडेलुधरा

कांग्रेस जिल्ला सम्मेलनको उदघाटन गर्न डडेलधुरा पुगेका पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई कांग्रेस कार्यकर्ताहरुले स्वेच्छाचारी नबन्न चेतावनी दिएका हुन् । गत निर्वाचन पछि पहिलो पटक गृह जिल्ला पुगेका देउवालाई कार्यक्रममा नै कार्यकर्ताहरुले विधि प्रकृया र पद्धतिलाई मिचेर काम नगर्न चेतावनी दिएका हुन् ।

जिल्ला सम्मेलनको उद्घाटन मन्तब्य दिइ रहँदा कार्यकर्ताहरुले सभास्थलमा होहल्ला समेत गरेका थिए । दुई गुटमा विभाजित रहेको डडेलधुरा कांग्रेसको संस्थापन पक्षका कार्यकर्ताले देउवालाई यसरी चेतावनी दिंदै सभास्थलमा होहल्ला गरेका हुन् । 

सम्मलेनको उद्घटनमा बोल्दै कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाइ पुरानै स्थितिमा फर्काएर मात्र आफुले विश्राम लिने बताउनुभयो । कांग्रेस डडेलधुराको जिल्ला सम्मेलनको उद्घाटन गर्दै देउवाले कांग्रेसलाइ देशको एक नम्बर पार्टी बनाएर मात्र आफुले विश्राम लिने बताउनु भएको हो ।

‘कांग्रेस भित्र थुप्रै समस्या हुँदा हुँदा पनि पार्टीलाई एक ठाउँमा ल्याएर मात्र छोड्छु’ देउवाले भन्नुभयो, ‘कांग्रेस पुनर्जागरणको अभियान सुरु भइसकेको छ ।’

पार्टी भित्रका तमाम मत भेदलाइ सुल्झाएर गुट रहित कांग्रेस निर्माण गर्ने पनि देउवाले दाबी गर्नुभयो । उहाँले निर्वाचनमा अन्तरघात गर्ने बसैलाई पनि छुट नदिइने बताउनुभयो । पार्टी निर्णय बाहिर जाने जो कोहीलाई पनि कारबाही गरिने उहाँले प्रतिवद्धता जनाउनुभयो । 

आफ्नो कार्यकालमा गरिएका जनपक्षीय निर्णय वर्तमान सरकारले उल्ट्याउंदै लगेको देउवाले आरोप लागउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो नेतृत्वको सरकारले गरेका धेरै जनपक्षीय निर्णय यो सरकार उल्टाउन थालेको छ ।’ 


प्रतिक्रिया