सोलुखुम्बुमा जिप दुर्घटना, ६ जनाको मृत्यु

असार १५, २०७५ | सोलुखुम्बु

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ११, तिङलामा आज बिहान जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नेचा सल्यानबाट पत्ताले हाटबजार तर्फ आउादै गरेको को १ ज १८६० नम्बरको बोलेरो जिप बिहान सााढे सातबजे तिर तिङलाको महादेव भीरमा खसेको थियो ।

दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भईसकेको छ । प्रहरीका अनुसार सनाखत हुनेमा उदयपुर सिरिसेका जिप चालक २१ वर्षिय कुशाङ तामाङ, सिरहा संहिठाका ३६ वर्षिय शिवकुमार यादव, खोटाङ खाल्टेका २४ वर्षिया कोपिला बस्नेत कार्की, नेचासल्यान २ सोलुखुम्बुका ३५ वर्षिया उर्मिला कट्टेल बास्तोला र नेचासल्यान २ कै २५ वर्षिया शुसिला खड्का, ओखलढुागा माम्खाका  वर्ष ४२ का गाडी साहु श्यामकुमार राई छन् ।  

गम्भीर घाईते अन्दाजी आठ वर्षिया सुस्मा खड्काको फाप्लु अस्पतालमा उपचार भईरहेको पत्ताले ट्राफिक प्रहरी बिटका हवल्दार सन्दीप चौधरीले बताउनुभयो । सडकदेखि जिप करिब ५ सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन । 

 


प्रतिक्रिया