वर्षाका कारण कैलालीका अधिकांश स्थान जलमग्न

असार १८, २०७५ | टीकापुर

केही दिन देखिको लगातारको वर्षाले कैलालीका अधिकांश स्थान जलमग्न बनेको छ । कतिपय गाउँका घरमा पानी पसेको छ । बाढी ग्रस्त मोहनपुर, पल्टुपुर, थापापुर, गोडचौरा, नवलपुर, सोनाहाफाँटा, जनकपुर, कृष्णनगर लगायतका गाउँका घरमा पानी पसेको स्थानीय हिरुलाल चौधरीले बताए ।

बाढीको एकीन क्षतिको विवरण आइसकेको छैन । पानी परिरहेकोले बाढीग्रस्त गाउँका बासिन्दा त्रासमा छन् । भजनी टीकापुर लम्कीचुहा नगरपालिका तथा जानकी जोशीपुर लगायतका गाउँपालिकाको जनजीवन प्रभावित भएको छ ।

स्थानीय तहमा जनप्रतिनिधि आयसकेपछि विकासका नाममा खनिएका बाटामा ग्राभेलको काम नहुँदा ती बाटामा हिँड्डुल गर्न पनि अप्ठ्यारो भएको छ । 

 

 


प्रतिक्रिया