कैलालीमा चार हातखुट्टा भएको बच्चा जन्मियो

असार १९, २०७५ | टीकापुर

केलालीको जानकी गाउँपालिका–३ लायकपुरकी शान्ति चौधरीले ४ हातखुट्टा भएको बच्चा जन्माएकी छिन् । आज विहान टीकापुर अस्पतालमा उनले यस्तो बच्चा जन्माइन् । 

सुत्केरी व्यथा लागेपछि गएराती १० बजेतिर शान्तिलाई अस्पताल ल्याइएको थियो । मंगलबार विहान ६ बजेतिर नर्मल डेलिभरीमा साढे ६ महिनाको यो बच्चाको जन्म भएको अस्पताले जनाएको छ ।

अस्पतालका सुपरिटेन्डेन्ट डा नरेन्द्र खनालले करिब एक महिना अघि भिडियो एक्सरे गर्दा बच्चा ‘एब्नर्मल’ भएको बच्चाको आमालाई जानकारी गराइएको बताए । उनले भने,‘बच्चाको ४ वटा हातखुट्टा र एउटा टाउको छ । बच्चा जन्मिदा मुटुको धडकन थियो । बाच्ने सम्भावना कम हो ।’

डा खनालका अनुसार यस्तो हुनुमा बंशानुगत पनि हुनसक्छ । पोषणको कमीले पनि हुन सक्छ । अथवा गर्भावस्थामा कुनै औषधि सेवनले पनि हुनसक्छ । शान्तिको यो पहिलो सन्तान भएको जनाइएको छ ।

 


प्रतिक्रिया