जयपृथ्वी राजमार्ग भासिदा यातायात बन्द हुने अवस्था

असार २०, २०७५ | बझाङ

– बझाङलाई बाहिरी जिल्ला सँग जोड्ने जयपृथ्वी बहादुर सिंह मार्गको मौरीबगरमा सडक भासिदा यातायात संचालनमा जोखिम भएको छ । सोमबार देखि आएको बर्षापछि मौरीबगर बजार भन्दा माथी रहेको घुम्ती नजिकको सडक भासिएको हो । सडकको आधा पिच पनि भत्केका कारण गाडी संचालन गर्न जोखिम हुने गरेको यातायात व्यवसायी बिनोद बमले बताउनुभयो ।

सुदुरपश्चिम यातायातका काउन्टर इन्र्चाज जिवन खड्काले सडक भत्किएको तीन दिन भईसक्दा पनि मर्मतको पहल नभएको र सडक साँधुरो हुँदै जान थालेकाले जतिबेला पनि यातायात अबरुद्ध हुन सक्ने बताउनुभयो । मौरीबगर सदरमुकाम चैनपुरबाट २० किलोमिटर टाढा छ । 

 


प्रतिक्रिया