जंगली च्याउको सेवनबाट जाजरकोटमा ४ सिकिस्त बिरामी

असार ३१, २०७५ | जाजरकोट

जाजरकोटको नलगाड नगरपालिकामा जंगली च्याउ खाएपछि एकै घरका चार जना सिकिस्त बिरामी परेका छन् । जंगलबाट टिपेर ल्याएको च्याउको पकाएर खाँदा नलगाड ७, चामाखेतकी ९५ वर्षीया कमला नेपाली, ६५ वर्षीया मुना नेपाली, ३० वर्षीया तिला नेपाली र २० वर्षीया विपना नेपाली सिकिस्त बिरामी परेका हुन् । 

बिरामीहरुको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा उपचार हुन नसकेपछि समस्या भएको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताउनुभयो । बिषालु च्याउ विरुद्ध प्रयोग हुने औषधी नहुँदा उपचारमा समस्या भएको नगरप्रमुख रावलले बताउनुभयो ।

दल्लीमा उपचार हुन नसकेपछि सिकिस्त बिरामी चारै जनालाई जिल्ला अस्पताल रिफर भएको उहाँले जानकारी दिनुभयो । च्याउको तरकारी खाएर चार घरपरिवारका २० जना बिरामी परेकोमा कमला, मुना, तिला र विपनाको अवस्था गम्भीर रहेको रावलले बताउनुभयो ।

जंगली च्याउको खाँदा सामान्य बिरामी परेका अन्य १६ जनाको गाउँमै उपचार भैरहेको छ । सिकिस्त बिरामी हुने एकै घरका सदस्य रहेको रावलले जानकारी दिनुभयो ।  

 


प्रतिक्रिया