पहिरोमा पुरिएर एकै घरका ३ सहित ४ को मृत्यु

श्रावण ५, २०७५ | बझाङ

– बझाङमा पहिरोले बगाउँदा एकै घरका तीन सहित चार जनाको मृत्यु भएको छ । चौतारीमा बसीरहेका बेला आज दिउँसो एक्कासी आएको पहिरोले बगाउँदा खप्तड छान्ना गाउँपालिका ६ बयानामा सो दुर्घटना भएको हो ।

पहिरोका कारण दुई जना घाइते भएका छन् । घटनामा परी खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ बयानाका ५२ बर्षिया उजली देवी थापा, उनकी बुहारी ३२ बर्षिया महेश्वरी थापा र महेश्वरीका ६ बर्षिय छोरा कृष्ण थापाको मृत्यु भएको हो ।

अर्का २० बर्षिय मंगल थापाको मृत्यु भएको स्थानीयले बताएका छन् ।  

 

 


प्रतिक्रिया