गोक्योमा डुबेका तीन विद्यार्थी अझै फेला परेनन्

श्रावण २२, २०७५

- सोलुखुम्बुको गोक्यो तालमा पौडी खेल्ने क्रममा गत शनिवार बेपत्ता भएका तीन बालकको अवस्था अझै अज्ञात छ । शैक्षिक भ्रमणमा गएका खुम्जुङ माध्यमिक विद्यालयका पेम्बादोर्जी शेर्पा, पेम्बानुरु शेर्पा र सुनिल बराईली छन् । उनीहरु कक्षा ९ मा अध्ययनरत छन् ।

शैक्षिक भ्रमणका लागि गएका उनीहरु नुहाउने क्रममा शनिबार बिहान आठबजेतिर तालमा डुबेका थिए । विद्यालयबाट शुक्रबार अध्ययन भ्रमणका लागि ३३ जनाको टोली गोक्यो गएको थियो । बेपत्ताको खोजी निरन्तर जारी राखेपनि अवस्था थाहा पाउन नसकिएको सोलुखुम्बु जिल्ला प्रहरीका डीएसपी रेशमबहादुर पराजुलीले बताउनुभयो । नेपाली सेना, प्रहरी र स्थानीयले खोजी जारी राखेका छन् । मौसम सफा रहेकाले आज बिहानैदेखि खोजी थालिएको परााजुलीले बताउनुभयो ।  

 


प्रतिक्रिया