बाढीले ४ घर सहित सयौं रोपनी खेत बगायो

श्रावण ३०, २०७५ | जाजरकोट

जाजरकोटको नलगाड नगरपालिका २, ३ र ४ स्थित झुप्रा खोलामा आएको बाढीले ४ घर सहित सयौं रापेनी खेत बगाएको छ । बाढीले स्थानीयका ४ घर, ५ वटा घुम्ती पसल, ४ वटा मिल, ६० वटा घट्ट, २ वटा ट्रस व्रिज र सायौं रोपनी खेत बगाएको हो ।

गएरातीदेखि आएको बाढीले नलगाड–३, घुवाराका जनकबहादुर चन्द, धनबहादुर रावल, वडा नं ५ का खीमलाल जैसी र वडा नं २ का कौशी विष्टको घर बगाएको छ । बाढीले रावलको केही चौपाया समेत बगाएको छ । 

त्यस्तै बाढीले घुवारास्थित नलगाड ३ र ४ जोड्ने तथा कालीमाटीस्थित वडा नं २ र ५ जोड्ने ट्रस व्रिज पनि बगाएको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । झुप्रा खोलाको बाढीले स्थानीय रामबहादुर विक सहित ४ वटा मिल बगाएको छ । सो खोलामा आएको बाढीले नलगाड ३ को साङट् खेत, २ र ४ को कैनाखेत, सिस्नेरी खेत, बागमारे खेत, सादनमुरा खेत, रानीखेत लगाएत सयौं रोपनी खेत बगाएको छ । बाढीले नलगाडमा करोडौंको क्षेती पुऱ्याएको नगरप्रमुख रावलले बताउनुभयो ।

खोलाले पुल बगाएपछि बारेकोट, कालीमाठीबजार, दल्ली लगाएत स्थान तर्फको आवतजावत पुर्णरुपमा बन्द भएको छ । बाढीले छेप्का र कालीमाटीबजार जोखिममा परेको स्थानीय हासीलाल पन्तले बताउनुभयो । बाढीका कारण सो क्षेत्रका १ सय बढी घरपरिवार विस्थापित भएको स्थानीयको भनाई छ ।  

 


प्रतिक्रिया