आगामी योजना तर्जुमा गर्न पुनर्निर्माणको बैठक

रेडियो कान्तिपुर संवाददाता

भाद्र ६, २०७५ | काठमाडौं

- प्रमुख कार्यकारी अधिकृत सीईओमा सुशील ज्ञवाली नियुक्त भएको एक साता पछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठक आज बस्दैछ । ज्ञवाली सीईओ भएपछि पहिलो पटक कार्यकारी समितिको बैठक बस्न लागेको हो । झण्डै साढे एक महिनासम्म प्राधिकरण नेतृत्वबिहीन भएपछि रोकिएका नीतिगत काम तथा आगामी दिनको योजना बनाउन कार्यकारी समितिको बैठक बोलाइएको हो । मन्त्रिपरिषद्ले गत साउन २९ गते ज्ञवालीलाई सीईओमा नियुक्त गरेको थियो भने गत बिहीवारबाट उहाँले काम थाल्नु भएको थियो ।

बिहान १० बजेपछि सिंहदरवारमा बस्ने समिति बैठकले आसन्न निर्देशक समितिको बैठकमा प्रस्तुत गर्ने एजेण्डा, अहिलेसम्मको कार्यप्रगति समीक्षा तथा नीतिगत समस्याबारे छलफल गर्ने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो । प्राधिकरण नेतृत्वबिहीन भएपछि दोस्रो किस्ता लिन लाभग्राहीलाई समस्या भएको छ । दोस्रो किस्ता लिने समय गत असार मसान्तमा नै सकिएको थियो ।   

 


प्रतिक्रिया