करेन्ट लागेर कैलालीमा एकको मृत्यु

भाद्र १८, २०७५ | टीकापुर

कैलालीको टीकापुर नगरपालिका–९ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–९ की ७५ वर्षीया लक्ष्मीदेवी बोहराको सोमबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । घर नजिकै घाँस काटिरहेका बेला बिजुलीको सर्भिस तार काटिएपछि उनलाई करेन्ट लागेको जनाइएको छ ।

बिजुलीको सर्भिस तार तल झरेको अवस्थामा हसियाले तार काटिँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । 

 


प्रतिक्रिया