सामुदायिक विद्यायको पठन पाठन बन्द

भाद्र २६, २०७५ | काठमाडौं

चार सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका राहत शिक्षकले आज उदयपुरका सामुदायिक विद्यालय बन्द गराएका छन् । शिक्षकको आन्दोलनका कारण जिल्लाका ४ सय ५८ विद्यालयको पठनपाठन ठप्प छ । राज्यबाट शिक्षकबीच गरिंदै आएको सबैखाले विभेदको अन्त्य गर्ने नीतिगत व्यवस्था सुनिश्चित गर्नुपर्ने, राहत कोटामा कार्यरत सबै शिक्षकलाई एकमुष्ट स्थायी गर्न संघीय ऐनमा नीतिगत व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

यस्तै, शिक्षकहरुले स्थायी प्रकृया सुरु गर्नु पूर्व शिक्षक सेवा आयोगबाट लिईने विभिन्न चरणका परीक्षामा राहत दरबन्दीमा कार्यरत शिक्षकको उमेरको हदबन्दी हटाईनुपर्ने र स्थायी प्रकृयाको थालनी गर्नु पूर्व राहत शिक्षक सम्बन्धी हालको शिक्षा ऐन तथा नियमावलीले गरेका व्यवस्थाहरुको स्वामित्व निर्माणाधिन ऐनले ग्रहण गर्नुपर्ने माग उनीहरुको छ । 

 


प्रतिक्रिया