सिद्धिचरण राजर्माग अवरुद्ध

भाद्र २६, २०७५ | काठमाडौं

पहिरोका कारण सिद्धिचरण लोकर्माग अन्र्तगत उदयपुरको कटारी–घुर्मी खण्ड अवरुद्ध भएको छ । कटारी नगरपालिका ८ शिरिशेमा गएको पहिरोका कारण सिद्धिचरण लोकमार्ग कटारी–घुर्मी खण्ड अवरुद्ध भएको हो । पहिरोका कारण आज बिहानैदेखि लोकमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

लोकमार्ग अवरुद्ध हुँदा सोलु, ओखलढुंगा र खोटाङ हिँडेका यात्रु कटारी मै रोकिएका छन् । त्यसैगरी सोलु, ओखलढुंगा र खोटाङबाट तराईका लागि हिँडेका यात्रु घुर्मी, गहुबाँरी, वेतेनी लगायका स्थानमा अलपत्र परेका छन् ।

पहिरो हटाउने काम भईरहेपनि पुन: वर्षात भएकोले समस्या भएको कटारी नगरपालिका–११ का वडाध्यक्ष दिपक बुढाथोकीले बताउनुभयो । सडक विभाग डिभिजन सडक कार्यालय लाहान, नगरपालिका, स्थानीय समेतको सहयोगमा अवरुद्ध सडक खोल्ने काम भईरहेको प्रहरीले जनाएको छ । 

 


प्रतिक्रिया