जिप दुर्घटना हुँदा दुई विदेशी नागरिकको मृत्यु

आश्विन १, २०७५ | उदयपुर

उदयपुरको कटारी नगरपालिका– १४ घुर्मी बजार नजिकै जिप दुर्घटना हुँदा दुई विदेशी नागरिकको मृत्यु भएको छ । ८ जना घाईते भएका छन् । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ८९६९ नम्बरको जिप दुर्घटना हुँदा अष्ट्रेलियन नागरिक हुसेकान्तको सेभेल र हुसेक रुडालको मृत्यु भएको इलाक प्रहरी कार्यालय कटारीले जनाएको छ ।

गाडी अनियन्त्रित भइ सडकबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाईते मध्ये २ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाण्डौ ल्याएको प्रहरीले जनाएको छ । अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

 


प्रतिक्रिया