उपभोक्तावादीको चिन्ता :विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भिर असर

रेडियो कान्तिपुर संवाददाता

आश्विन २, २०७५ | काठमाडौं

– कृषिजन्य वस्तुमा बढ्दो विषदीको प्रयोगले मानव स्थास्थ्यमा गम्भिर असर पुर्‍याएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । उपभोक्तावादी संस्था कञ्जुमर आईले आज राजधानीमा गरेको कार्यक्रममा विशेषगरी तरकारीमा प्रयोग हुने विषादीले मावन स्वास्थ्यमा गम्भिर असर पुर्‍याएपनि सरकारको ध्यान पुग्न नसकेको गुनासो गरेका हुन् ।

मुलुकमा कृषिजन्य वस्तुमा प्रयोग हुने विषादी जाच्ने यन्त्र समेत नहुनु दु:खद भएको उनीहरुको भनाई छ । कार्यक्रममा कञ्जुमर आईकी अध्यक्ष विमला खनालले माटोमा अत्याधिक रसायिनिक मल प्रयोगका कारण कम उत्पादन र लागत बढ्न गई उपभोक्ताले महङगो मुल्य तिर्नुपर्ने बताउनुभयो । कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव युवकध्वज जिसीले छिटो र बढी उत्पादन लिने होडबाजीले विषादीको प्रयोग बढ्दै गएको भन्दै उन्नत किसिमका मल र बिउविजनमा जोड दिनुपर्ने बताउनुभयो ।

यस्तै कृषिमन्त्री चक्रपाणी खनालले परम्परागत कृषि प्रणाली, खेतियोग्य जमिन खण्डिकरण जस्ता चुनौतिका कारण कृषिमा यान्त्रिकरणलाई अगाडि लैजान नसकिएको उल्लेख गर्नुभयो । गत आर्थिक बर्षमा ७९ करोड रुपैयाँ बराबरको विषादी मुलुक भित्रिएको सरकारी तथ्याङक छ । 

 


प्रतिक्रिया