भारतको गुजरातबाट चोरेर ल्याउँदै गरेका रकम बरामद

आश्विन ७, २०७५ | टीकापुर

– भारतको गुजरातबाट चोरेर ल्याउँदै गरेको ७१ लाख ७९ हजार ३ सय रुपैयाँ प्रहरीले आज बरामद गरेको छ । कैलालीको भजनी नगरपालिका–३ बर्दवाफाटाबाट जनपद र सशस्त्र प्रहरीको संयुक्त टोलीले रकम बरामद गरेको हो । रकम ल्याउँदै गरेका लम्कीचुहा नगरपालिका–१ का ३१ वर्षिय कृष्णराज जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

जोशीले से ४ प ६७६० नम्बरको मोटरसाइकलमा नेपाल भारत सीमाको मरियाघाटबाट बोरामा आलु , केही किराना सामान र पैसा लुकाइ ल्याइरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जोशीको भनाई उद्यृत गर्दै इलाका प्रहरीका कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक शिवबहादुर सिंहका अनुसार चोरीमा ५ जना संलग्न रहेका थिए । असोज ३ गते राती गुजरातका श्रपहच नामका व्यक्तिको घरबाट आफुहरुले रकम चोरेको र भारतमै भाग लगाएर आफनो भागमा परेको रकम लिएर हिडेका जोशी पक्राउ परेका हुन्  । घटनाको थप अनुसन्धान हुने प्रहरीले जनाएको छ । 

 


प्रतिक्रिया