टीकापुरका विद्यालय ४ दिन बन्द

आश्विन ९, २०७५ | टीकापुर

कैलालीको टीकापुर स्रोत केन्द्र अन्तर्गत रहेका विद्यालय आजबाट  ४ दिनका लागि बन्द भएका छन् । शिक्षक सेवा आयोगको परीक्षाका कारण शिक्षकहरु विद्यालय नआउने भएपछि स्रोत केन्द्र स्तरीय प्रधानाध्यापकहरुको निर्णयले विद्यालय बन्द गरिएको स्रोत व्यक्ति धनबहादुर शाहीले बताउनुभयो ।

उहाँका अनुसार टीकापुर स्रोत केन्द्रमा रहेका ३४ विद्यालयका २ सय ३४ शिक्षकमध्ये १ सय ४९ शिक्षक शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुन जादैछन् ।

उहाँले भन्नुभयो, ‘विद्यार्थीहरु विद्यालय आउने तर शिक्षक नहुँदा पढाइ नुहने भएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।’

एक विद्यालयबाट करीब ६ जना शिक्षक शिक्षक सेवा आयोगको परिक्षमा सहभागी हुने भएकाले विद्यालय बन्द गर्नु परेको स्रोत व्यक्ति शाहीले बताउनुभयो । 


प्रतिक्रिया