सीमामा संयुक्त गस्ती

आश्विन १४, २०७५ | नेपालगञ्ज

नेपाल - भारत नेपालगञ्ज सीमामा दुई मुलुकका सुरक्षा अधिकारी सहितको सुरक्षाकर्मीले संयुक्त गस्ती गरेका छन् । वारीपारी हुनसक्ने सम्भावित अपराध नियन्त्रण तथा सीमा स्तम्भहरुको अवस्था बुझ्न नेपाल-भारतका सुरक्षाकर्मीहरुले संयुक्त गस्ती गरेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल गण क्वाटर बाँके ३० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहका अनुसार नेपालगञ्जको जमुनाहा सीमास्थित रहेको ६५१/११ (३१) नम्बरको सहायक सीमा स्तम्भ देखि ६५१/१७ (३१/६) सम्म संयुक्त गस्ती गरिएको छ ।

उक्त नाकामा सीमा स्तम्भहरुको अवस्था सामन्य रहेको छ । संयुक्त गस्तीपछि दुई मुलुकका सुरक्षा अधिकारीबीच सुरक्षा बैठक भएको छ । बैठकमा मानब बेचखिन नियन्त्रण, अपराध नियन्त्रण, सीमा सुरक्षा, लागू औषक कारोबार नियन्त्रणका बारेमा छलफल भएको छ ।

भारत बहराईच क्याम्प रुपैडीहाका समकक्षी एसएसबी ४२ बटालिएन डिपुटी कमाण्डर प्रविण कुमारको पनि सहभागिता थियो । उक्त समन्वय बैठकमा हेल्प डेस्क स्थापना, सीमा ईलाकामा संयुक्त गस्तीका बारे पनि छलफल भएको छ । 


प्रतिक्रिया