नेपालको पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता

रेडियो कान्तिपुर संवाददाता

आश्विन १५, २०७५ | काठमाडौं

अन्तर्राष्ट्रिय समुदायले नेपालको पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा अमेरिकामा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय समुदायले चुनौती र जटिलताका बीच पुनर्निर्माण र पुनस्र्थापनामा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा सहभागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संविधानको व्यवस्था अनुसार सम्भव भएसम्म स्थानीय तहबाटै गर्ने गरी पुनर्निर्माण तथा पुनस्र्थापना कार्य अघि बढाइएको जानकारी गराउनुभएको थियो ।

नेपालको पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न करिव थप ६ खर्ब रुपैयाँ लाग्ने र आर्थिक स्रोत व्यवस्थापनमा आन्तरिक र बाह्य सहयोग आवश्यक भएको पनि बताएको सिइओ ज्ञवालीले जानकारी दिनुभयो ।  


प्रतिक्रिया