प्रहरी ज्यादती विरुद्ध मध्यरात मै प्रर्दशन

कार्तिक १८, २०७५ | उदयपुर

प्रहरीले ज्यादती गरेको भन्दै उदयपुरको कटारी नगरपालिका मरुवाका स्थानीयले मध्यरातमा  प्रर्दशन गरेका छन् । उद्योगका लागि चुनढुंगा बोकेर गएको ट्रिपर रोकेको बिषयमा विवाद हुदाँ प्रहरी नायव उपरिक्षक ध्रुवकुमार श्रेष्ठले लाठी चार्जसँगै दुर्व्यहार गरेको भन्दै उनीहरु प्रर्दशनमा उत्रिएका हुन् ।

सिद्धिचरण लोकर्मागको कटारी घुर्मी सडक खण्डमा यातायात अवरुद्ध गरिएको छ । चुनढुंगा ढुवानी गर्ने टिपरले धुलो उडाएर जनजिवन प्रभावित भएको भन्दै स्थानीयले हिजो दिउँसो टिपर संचालन रोकेका थिए । दर्जनको संख्यामा टिपर आएपछि पुन बिरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले लाठी चार्ज गरेको वडाध्यक्ष कृष्ण दनुवारले वताउनुभयो । 

मादक पदार्थ सेवन गरेर आएका प्रहरी नायव उपरिक्षक श्रेष्ठ सहितको टोलीले महिला बालबालिक सहितका स्थानीयमाथि लाठी र्चाज गरेको वडाध्यक्ष दनुवारले आरोप लगाउनुभयो । सिमन्ट उद्योग र स्थानीय विच चुनढुगा ढुवानी गर्दा धुलो उड्न नदिनका लागि पानी छर्कर्ने सहमति भएपनि राती टिपर संचालन भएकाले स्थानीयले रोकेको वडाध्यक्ष दनुवारको भनाई छ । 

 


प्रतिक्रिया