१२ वर्षीया किशोरी आमा बन्दै, प्रधानमन्त्री कार्यलयको विशेष चासो

मंसिर ४, २०७५ | मकवानपुर

- मकवानपुरमा १२ वर्षको उमेरमा गर्भवती भएकी एक बालिकाको स्वास्थ्य अवस्था जोखिमपूर्ण भएपछि सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयले उपचारका लागि काठमाडौं ल्याउने भएको छ । कम उमेरमा नै गर्भवती भएर सु्त्केरी हुने अवस्थामा उच्च जोखिम हुन सक्ने भएकाले सुरक्षित ढंगले सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयले पहल गरेको हो ।

मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित सरिखेत औलेकी १२ वर्षीया गंगा चेपाङलाई सुरक्षित सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन बमोजिम आज काठमाण्डौ ल्याउन लागेको हो । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशन अनुसार गर्भवती बालिकालाई गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङले बेलुका हेटौडा अस्पतालामा ल्याएका छन् ।

हेटौंडा अस्पतालमा स्वास्थ्य परिक्षण गरेपछि काठमाण्डौ पठाउने तयारी भरहेको प्रमुख जिल्ला अधिकारी तामाङले वताउनुभयो । चार कक्षामा अध्ययन गर्दागर्दै उनले गाउकै चेपाङ किशोरसँग गत वर्षे प्रेम विवाह गरेकी हुन् । उनी गर्भवती भएको सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्री कार्यालयले चासो देखाएको हो । 

 


प्रतिक्रिया