डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुने १८ पुगे

मंसिर ७, २०७५ | काठमाडौं

- केआईसिंह राजमार्गअन्र्तगत डडेल्धुराको रडुवा खोलामा हिजो साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । घटनामा १० जनाको घटनास्थलमै र ८ जनाको उपचारका क्रममा मृत्यु भएको छ । गम्भीर घाईते ५ र सामान्य घाईते २६ जनाको धनगढी र डडेल्धुराका बिभिन्न अस्पातालमा उपचार भईरहेको छ ।

उग्रतारा मन्दिरमा लागेको जात्रामा सहभागीलाई लिएर फर्कदै गरेको से १ क २ सय ९३ नम्बरको स्कुल बस हिजो साँझ सडकबाट ३ सय मिटर तल खस्दा सो दुर्घटना भएको थियो । चिन्ताजनक ५ जनालाई धनगढी रेफर गरिएको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ ।

खोलाको खोंचमा खसेका कारण दुर्घटनामा परेकाको उद्धारमा कठिनाई भएको थियो । यद्यपी अबेर राती नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको पहलमा उद्धार सम्भव भएको थियो । डोटीको शिखर नगरपालिकास्थित पिसजोन एकेडमीको बस लिएर मेला भर्न गएकाहरु फर्कने क्रममा दुर्घटना भएको सुदूर पश्चिम प्रहरी प्रमुख डिआईजी सुरज केसीले जानकारी दिनुभयो । 

 


प्रतिक्रिया