बाल अधिकार नागरिक सञ्जाल गठन

मंसिर २६, २०७५ | जाजरकोट

बालअधिकारका लागि जाजरकोटमा जिल्ला स्तरीय नागरिक सञ्जाल गठन भएको छ । बालबालिकाको अवस्था अध्ययन, संरक्षण, विकास, सहभागिता लगायत लक्ष्य सहित सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी ९ सदस्यीय जिल्ला स्तरीय उक्त सञ्जाल गठन भएको हो ।

सञ्जालको अध्यक्षमा पाँच तारा युवा संरक्षक मञ्चकी रेखा शाह र सदस्यमा नेपाल बार एशोसिएसनका भीमबहादुर सिंह, नेपाल पत्रकार महासंघका दीपबहादुर घर्ती, नेपाल नेपाल मानव अधिकार संगठनका रमेश सिंह, यार्सनका सहदेव बस्नेत, असल शासन क्लवका बालकुमार शर्मा, गैर सरकारी संस्था महासंघका बीरबहादुर बस्नेत लगायत रहेका छन् ।

सञ्जालमा बाल सञ्जालका तर्फवाट दुई सदस्यको सहभागिता रहनेछ । सेभ द चिल्ड्रेन तथा पाँचतारा युवा संरक्षण मञ्च जाजरकोटद्वारा संचालित एकीकृत परियोजना अन्र्तगतको बाल अधिकार कार्यक्रमको पहलमा गठन भएको हो ।

जिल्लामा पहिलो पटक गठन भएको नागरिक सञ्जालले बाल अधिकार संरक्षण र प्रवद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने बाल अधिकार कार्यक्रम अधिकृत अन्जु भट्टराईले बताउनुभयो । बाल बालिका ऐन २०७५ ले व्यवस्था गरेका कानूनी प्रावधानहरुलाई कार्यान्वयन सञ्जाल सकृय रहने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘यस जिल्लामा बाल अधिकार हनन्, बाल दुब्र्यवहार लगायत घटना न्यूनिकरण गर्न सञ्जालको भूमिका रहनेछ ।’ बालविवाह न्यूनिकरण, बाल सुरक्षा, सहभागिता, बाल सहभागिता लगायतमा सचेतनाको वृद्धि हनु नसकेको उहाँको भनाई छ ।

जिल्लाभरका बालबालिका अवस्थाबारे पनि यर्थाथ तथ्यांक बाहिर आउन नसकेको उहाँले बताउनुभयो । बाल अधिकारको संरक्षणका लागि समुदाय स्तरीमा सचेतनामूलक कार्यक्रमको खाँचो भएको अध्यक्ष शाहले बताउनुभयो ।

जिल्लाका सात वटै स्थानीय तह, सरकारी तथा गैर सरकारी संघसंस्थासँग समन्वय गरेर बाल अधिकार पक्षमा वकालत गर्ने उहाँको भनाई छ । जाजरकोटमा बालबालिकाको अवस्था के छ भने यर्थाथ चित्रण गर्नु जरुरी भएको शाहले बताउनुभयो । 


प्रतिक्रिया