आठ बर्षदेखि सशस्त्रद्वन्द गरिरहेको खम्बुवानले हतियार बुझायो

पुस ७, २०७५ | विराटनगर

– पूर्वी पहाडी जिल्लामा आठ बर्षदेखी संघर्षरत खम्बुवान मुक्ती मोर्चा संयुक्तले सरकारी वार्ता टोलीलाई आज हतियार बुझाएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा सरकारी वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेलाई खम्बुवान मुक्ती मोर्चा संयुक्तका संयोजक डेविट खम्बुले पाँच थान भरुवा बन्दुक र एक थान पेस्तोल बुझाएर वर्तमान संविधानको प्रवाधानलाई स्वीकार्दै शान्तिपूर्ण राजनीतिमा फर्किएको बताउनुभएको छ । मोर्चाका तर्फबाट खम्बुसंगै प्रकाश रसाइली, जीवन रेग्मी र सुवास लिम्बुको सहभागिता थियो ।

त्यस्तै, तराई मुक्ती मोर्चाले शान्तिपूर्ण राजनीतिलाई अंगाल्दै एक थान कटुवा पेस्तोल समेत वार्ता टोलीलाई बुझाएको छ । मोर्चाका वार्ता टोली संयोजक विनोदकुमार यादव सहितको टोलीले एक थान कटुवा पेस्तोल बुझाएको हो । मोरङ जिल्ला प्रशासनमा गत २७ गते वार्ता टोली समक्ष सहमति गरि मोर्चा शान्तिपूर्ण राजनीतिमा फर्किएको थियो ।  

 


प्रतिक्रिया