भारतमा हुने लोकसभा निर्वाचनले कैलालीका सीमानाका बन्द

वैशाख २८, २०८१

भारतमा जारी लोकसभा निर्वाचनका कारण कैलालीको सीमानाका बन्द भएको छ ।

भारतको उत्तर प्रदेशको राज्य खिरी जिल्लामा आगामी ३१ गते हुने निर्वाचनका लागि आज सांझ ६ बजेदेखि सीमा नाका बन्द भएको स्थानीय प्रशासनले जनाएको छ ।

निर्वाचनको ७२ घण्टा अघिदेखि निर्वाचन अवधीभर सीमा नाका बन्द गर्ने सुरक्षा समितिको निर्णय बमोजिम सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले बताउनुभयो । 


प्रतिक्रिया