रामेछापमा डाइलाइसिस सेवा शुरु

पुस ११, २०७५ | रामेछाप

– मृर्गौलामा रगत शुद्धिकरणका लागि रामेछापमा डाइलाइसिस सेवा शुरु गरिएको छ । राष्ट्रिय मृर्गौला उपचार केन्द्र काठमाण्डौंले चुजि फाउण्डेसन मलेसिया, तामाकोशी सेवा समिति र तामाकोशी सहकारी अस्पताल रामेछापको सहकार्यमा डाइलाइसिस सेवा सुरु गरेको हो । मृर्गौला बचाउ अभियानका अध्यक्ष तथा केन्द्रका बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार सो सेवा सुरु गराउनका लागि करिव सांढे २ करोड खर्च लागेको छ । एकैपटक ५ जना विरामीलाई सेवा लिने गरी अत्याधुनिक मेसिन औजार जडान भएको काफ्लेले बताउनुभयो ।

केन्द्रले सातामा कम्तिमा पनि २ पटक मृर्गौला रोगीहरुलाई डाइलाइसिस गर्ने योजना अघि सारेको छ । रामेछापको माकादुमका ममिन्द्र तामाङको डाइलाइसिस गरेर सेवा शुभारम्भ भएको हो । मृर्गौला रोगीहरुलाई डाइलाइसिस गर्न सरकारले एकपटकका लागि २ हजार ५ सय खर्च दिने गरेको छ । तर खर्चका हिसावले ३ हजार २ सय जति लाग्ने काफ्लेले बताउनुभयो ।

नेपालमा करिव ४ हजार मृर्गौला पिडितहरु डाइलाइसिस गराईरहेका छन् । देशका करिव ५० स्थानमा सो सेवा संचालन भएपनि विरामीले सेवा लिन हम्मे छ । काफ्लेका अनुसार राष्ट्रिय मृर्गाैला केन्द्र मार्फत काठमाण्डौं बाहेक रामेछाप समेत अन्य ४ स्थानमा सो सेवा प्रदान गरिन्छ ।  

 


प्रतिक्रिया