प्राधिकरण स्थापनाको तीन वर्ष पूरा

रेडियो कान्तिपुर संवाददाता

पुस १२, २०७५ | काठमाडौं

- राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको आज तीन वर्ष पुगेको छ । यो बीचमा ४५ प्रतिशत काम सम्पन्न गरेको प्राधिकरणले कार्यकालको बांँकी २ वर्षे समयावधिमा ५५ प्रतिशत काम सक्ने लक्ष्य लिएको छ । सुरुवाती दिनमा राजनीतिक प्रभावका कारण प्रभावकारी काम गर्न नसकेको प्राधिकरणमा आधा दर्जन पटक नेतृत्व परिवर्तन भइसकेको छ । प्राधिकरण स्थापनाको तीनवर्षमा साढे ३ लाख घर बनेका छन् भने साढे २ लाख निर्माणको क्रममा छन् । 

पछिल्लो समय स्थानीयतहसंगको सहकार्यले पुनर्निर्माणमा थपहौसलामिलेको बताउँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुखकार्यकारी अधिकृत सीईओ सुशील ज्ञवालीले पुनर्निर्माणका क्रममा देखिएका सवै गुनासो र समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । गुनासो सम्बोधन, वस्ती स्थानान्तरण, पुरातात्विक महत्वका सम्पदा निर्माण लगायतमा प्राधिकरण गम्भीर रहेको उहाँको भनाई थियो । मौलिकता र इतिहास बचाउन प्राधिकरण प्रयासरत रहेको बताउँदै ज्ञवालीले यही कारण पुरातात्विक सम्पदा पुनर्निर्माणमा ढिलाईं भएको स्वीकार गर्नुभयो । 

पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्स्थापना योजनाका लागि करिब १० खर्ब लाग्ने अनुमान गरेको प्राधिकरणका सीईओ ज्ञवालीले ६७ अर्ब राहत, उद्धार र अन्य कार्यक्रममा खर्च भइसकेको जानकारी दिनुभयो । बजेटको व्यवस्थापन प्रमुख चुनौती रहेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय दाता सम्मेलनमा ४ खर्ब १० अर्ब रुपैयांको प्रतिबद्धता आएको बताईए पनि वास्तविक रकम ३ खर्ब ४३ अर्ब मात्रै भएको र ६२ अर्ब रुपैयाँको लागि मात्रै सम्झौता भएको बताउनुभयो । 

यसैबीच, प्रधानमन्त्री केपीशर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गर्नुभएको छ । करिब २ महिना अघि नै काम सुरु भएपनि स्थापना दिवसको अवसर पारेर प्राधिकरणले आज धरहरा निर्माणको औपचारिक सुरुवात गरेको सीईओ ज्ञवालीले जानकारी दिनुभयो ।  प्रधानमन्त्रीओलीआफ्नो पहिलो कार्यकालमा समेत धरहरा पुनर्निर्माणको सुरुवातगर्नुभएको थियो । तर दातृ निकायले हात झिकेपछि पुनर्निर्माण प्राधिकरणले आफै फेरि निर्माण सुरु गरेको हो । धरहरा निर्माण जिम्मा ३ अर्ब ४८ करोड रुपैयांँमा रमण जेभीले लिएको हो । सन् २०२० को अक्टोबर ९ भित्र निर्माण सम्पन्न हुने धरहरा २२ तलाको हुनेछ । भूकम्पले भत्काएपछि बांंँकी रहेको भागलाई समेत संरक्षण गर्दै बनाउन लागिएको नयाँ धरहराको क्षेत्रफल ४२ रोपनी रहने छ । 

 


प्रतिक्रिया