ब्राउन सुगर सहित एक पक्राउ

पुस २८, २०७५ | टीकापुर

ब्राउन सुगर सहित एक जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । कैलालीको टीकापुर नगरपालिका–२ स्थित बन्दीपुरका ३७ वर्षीय अनिल थापालाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ५ ग्राम ९ सय ७० मिलीग्राम ब्राउन सुगर बिक्री गर्दे गर्दा उनलाई पक्राउ गरिएको हो । 

अनिल थापा विरुद्ध यस भन्दा पहिले पनि ईलाका प्रहरी कार्यालय टीकापुरबाट भदौमा लागू औषध ऐन अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया