चितुवाको आक्रमणबाट रामेछापमा १ घाईते 

माघ ५, २०७५ | रामेछाप

चितुवाको आक्रमणबाट रामेछापमा एक जना घाइते भएका छन् । खाँडादेवी गाउँपालिका १ राकाथुमको धारापानीमा चितुवाको आक्रमणमा परि स्थानीय प्रेमवहादुर श्रेष्ठ घाइते भएका हुन् । शुक्रबार बेलुका बाख्राको खोरमा पसेको चितुवा धपाउन खोज्दा श्रेष्ठलाई चितुवाले आक्रमण गरेको थियो ।

उनको अवस्था सामान्य छ । चितुवालाई बाख्राकै खोरमा थुनिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवका अनुसार चितुवा थुनिएको खबर आएपछि शनिबार बिहान जिल्ला वन कार्यालय रामेछापबाट प्राविधिकहरुको टोली घटनास्थलमा पठाइएको छ ।

वन प्राविधिकहरुले उक्त चितुवालाई वन्यजन्तु विभागका प्राविधिक झिकाएर खोरबाट निकाल्ने प्रयास गरिरहेका छन् । 


प्रतिक्रिया