तीन वर्षमा एक लाख ६२ हजारलाई नि: शुल्क उपचार

माघ १२, २०७५ | दोलखा

सम्पूर्ण सेवा नि: शुल्क गरेको तीन वर्षमा दोलखाको चरिकोट अस्पतालले चार सय सात जनाको जटिल शल्यक्रिया गरेको छ । १२ हजार ६ सय जनाको सामान्य शल्यक्रिया गरेको छ । उक्त सामान्य र जटिल शल्यक्रिया गर्दा बिरामीले एक हजार देखि छ लाखसम्म भुक्तानी गर्नुपर्ने हुन्छ ।

तर, अस्पतालले बिरामीलाई परीक्षण, औषधी, शल्यक्रियाको उपकरण, शैय्या र खाना लगायत सम्पूर्ण कार्य नि: शुल्क गरेको छ । सरकार र गैरसरकारी क्षेत्र न्याय हेल्थको साझेदारीमा उक्त अस्पताल सञ्चालित छ ।

संविधानको मर्मअनुरुप जनतालाई स्वास्थ्यमा सम्पूर्ण सेवा नि: शुल्क गर्न सकिन्छ की सकिंदैन भन्ने नमूना परियोजना सञ्चालन भएको तेस्रो स्थापना दिवस मनाउ‘दा अस्पतालले उक्त ऑकडा प्रस्तुत गरेको हो । केक काटेर गरिएको स्थापना दिवसको अवसरमा अस्पतालका प्रमुख चिकित्सक डा. विनोद दंगालले चरिकोट अस्पताल स्थापनाबाट अबको सात वर्षसम्म बिरामीले यस्तैगरी निशुल्क सेवा पाइरहने बताउनुभयो । 

सरकारले दोलखाको चरिकोटमा सञ्चालित प्राथमिक स्वास्थ्य उपचार केन्द्रलाई अमेरिकी संस्था पसिबल हेल्थ अर्थात न्याय हेल्थस‘ग सहकार्य गरेपछि प्रस्तावित चरिकोट अस्पतालको रुपमा स्तरोन्नित गरेको हो । हरेक जिल्ला सदरमुकामा एक सरकारी अस्पताल हुनुपर्ने प्रावधान छ ।

चरिकोटमा भने कुनै सरकारी अस्पताल छैन । तीन वर्षदेखि सरकारले न्याय हेल्थलाई व्यवस्थापनको जिम्मेवारी दिएर प्रस्तावित अस्पताल जस्तै गरी नि: शुल्क सेवा सुरु गरिएको हो । तेस्रो स्थापना दिवसमा अस्पतालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार तीन वर्षमा एक लख ६२ हजार जना व्यक्तिले पुर्जी लिएर सेवा लिएका छन् ।

दुई हजार दुई सय सुत्केरी सेवा पाएकामा पेट चिरेर गर्ने सुत्केरी सेवा दुई सय ५८ जनाले लिएका छन् । दुई  लाख १० हजार वटा रगत, दिसा, पिसाब र खकारका विभिन्न थरीका जॉच नि: शुल्क गरिएको छ । १७ हजार आठ सय जनाको एक्स रे गरिएको छ । १२ हजार तीन सय जनालाई आकस्मिक कक्षमा उपचार गरिएको छ ।

सम्पूर्ण कोठाहरु एयर कन्डिसन र क्यामेरा जडित छन् । सबै बिरामीका जॉच विवरणहरु सफ्टवेर प्रविधिमा सुरक्षित हुन्छन् । बिरामीहरुले पुर्जी बोकेर हिँड्नु पर्दैन दर्ता संकेत नम्बरका आधारमा विभिन्न सेवा कक्षहरुबाट बिरामीलाई सेवा दिन्छन र अर्को पटक पुन: जॉच्न आउदा पनि संकेत नम्बरका आधारमा बिरामीको इतिहास हेरेर उपचार गरिन्छ ।

शुक्रबार केक काटेर वार्षिक उत्सव शुभारम्भ गर्दै भीमेश्वर नगरका प्रमुख भरत केसीले बिरामीको सेवालाई अझ सुबिधायुक्त बनाइने बताउनुभयो । भीमेश्वर नगरका प्रमुख अस्पताल सञ्चालन समिति अध्यक्ष हुने व्यवस्था छ ।

अस्पतालले नि: शुल्क सेवा दिएको समाचारले देशका विभिन्न स्थानबाट महगोंपर्ने शल्यक्रिया गर्न उक्त अस्पतालमा आउने गरेको तथ्याङ्क पनि छ । विशेषगरी हाडजोर्नी सम्बन्धी लाखौं पर्ने शल्यक्रिया नि: शुल्क हुने भएपछि उपचार गर्न आएको बिरामीका अन्तरवार्ताहरु छापिएका छन् ।

अस्पताल स्थापनापछि दशकौं देखि पाठेघरभित्र मासुको पालेर राखिएका र त्यो बाहिर निस्किएर समस्या भोगेका महिलाहरुले उपचार पाएको संख्या पनि अधिक छन् । उपचार गर्ने पैसा नभएकाले लामो समयसम्म रोग पाल्नेहरु पनि मुक्ति पाएका बिरामीहरुको खुसीका समाचारहरु बेलाबेलामा छापिरहेका छन् । 

नि: शुल्क सेवा सुरु भएपछि अस्पतालले केही त्रुटिहरु पनि गर्दै आएको विवरणहरु प्रकाशमा आउने गरेका छन् । काम गर्दा भुलहरु हुने र त्यसलाई अन्जानका गल्तीका रुपमा लिइदिन भन्दै अस्पतालको तर्फबाट क्षेमायाचनाका विज्ञप्तिहरु पनि प्रकाशित हुने गरेका छन् ।

सरकारी र न्याय हेल्थ गरी अस्पतालले एक सय ३६ जन जनशक्ति परिचालन गरेको छ । उक्त जनशक्तिमध्ये ४४ जनाले समुदाय स्वास्थ्य निगरानीमा खट्छन् । कहिलेकॉही सरकारी र गैरसरकारीका जनशक्तिवीच सुबिधा र हैसियतका विषयमा हुने विरोधहरु सतहमा आउने गर्छन् । जिल्ला स्वास्थ्य अन्तगरतका कर्मचारीले उक्त नमूनाका स्वस्थ्य परियोजना आफ्नो हीत अनुकूल नभएको आवाजहरु विज्ञप्तिमार्फत सार्वजनिक गरेको घटना पनि अस्पतालले सामना गर्दै आएको छ ।

२०७२ माघ ११ गते सुरु भएको निशुल्क उक्त न्याय हेल्थले विभिन्न स्थानमा १८ वटा स्वास्थ्य चौकी भवनहरु बनाएको, दुई वटा बनाउदै रहेको छ । तामाकोसी, बैत्यश्वर र कालिञ्चोक गाउ‘पालिकामा स्वास्थ्य सेवा कार्यक्रम विस्तार गरेको प्रतिवेदनमा उल्लेख छ । 


प्रतिक्रिया