ओखलढुंगामा भीषण आगलागी

फाल्गुन २८, २०७५ | ओखलढुंगा

‐ ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित चुहानछाप नजिकैको जंगलमा लागेको डढेलो गाउ“ पसेपछि ६ परिवारको घरगोठ जलेर नष्ट भएका छन् । हावाहुरीस“गै डढेलो बस्तीका फैलिएपछि सेना, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भईरहेको हाम्रा सहकर्मीले जनाएका छन् ।

यद्यपि, पानीको अभाव र निरन्तर हावा चलिरहेका कारण आगो निभाउन समस्या भएको स्थानीय गेजराज श्रेष्ठले बताए । आगलागीबाट मानवीय क्षति नभएपनि धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरीका प्रहरी निरिक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । क्षतिको विवरण आउन बा“की छ ।

 


प्रतिक्रिया